Skip to content

रसुवा बाढीका कारण सम्पर्कविहीन ४४ सैनिकको खोजी कार्य हुँदै

काठमाडौँ – रसुवामा आएको बाढीका कारण सम्पर्कविहीन भएका ४४ जना सैनिक कर्मचारीको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ । बुधबार बिहान ९ बजेतिर चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढीका कारण भोटेकोशी र त्रिशुलीमा बहाव बढेको थियो । सो बाढीमा परेर रसुवा र नुवाकोटमा कार्यरत सैनिक कर्मचारी बेपत्ता भएका हुन् । उनीहरूको खोजीकार्य भइरहेको सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले बताए ।

बाढीका कारण सम्पर्क विहीन भएकाहरूको खोज तथा उद्धारका लागी रसुवा र नुवाकोटको नदी तटीय क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले २६ जना प्रहरी र ९ जना सशस्त्र समेत गरी कुल ७९ सुरक्षाकर्मी सम्पर्क विहीन भएको जानकारी दिएका छन् । रसुवागढी भन्सार र अध्यागमन कार्यालयका कर्मचारी र स्थानीयहरू पनि सम्पर्क बाहिर छन् ।

प्रतिक्रिया दिनुहोस्