Skip to content

प्रहरी चौकी बेत्रावतीका असईको शव चितवनमा भेटियो

काठमाडौं – भोटेकोशी बाढीमा परेर बेपत्ता भएका रसुवास्थित प्रहरी चौकी बेत्रावतीका असई रामकाजी पौडेलको शव फेला परेको छ । चितवनमा फेला परेको शव असई पौडेलका आफन्तले सनाखत गरेर बुझेको प्रहरीले बताएको छ । १० भदौमा बाढी आएपछि उनी बेपत्ता भएका थिए । सँगैका केही प्रहरीले भने भागेर ज्यान जोगाएका थिए । यही चौकीमा कार्यरत रहेर असई पौडेलसँगै बाढीको माइकिङ गर्दै हिंडेका प्रहरी सहायक हवल्दार सन्तोष रिजालले भागेर ज्यान जोगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्