Skip to content

रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनल प्रवेश

काठमाडौँ – नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी सिजन–५’ को फाइनलमा प्रवेश गरेका छन् । चीनको सांघाईमा भएको प्रतिस्पर्धामा न्युजिल्यान्डका कासिब मर्डोकलाई पराजित गर्दै ढाँट फाइनलमा प्रवेश गरेका हुन् । रवीन्द्र रोड टु यूएफसी सिजन–५ को फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर हुन् । ढाँटले गत मेमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए । ढाँट बझाङका ‘बाघ’का नाममा चर्चित फाइटर हुन् ।

ढाँटले फाइनलमा र्याे ताजिमासँग प्रतिस्पर्धा गर्नेछन् । फाइनलमा जितेमा उनी युएफसीका लागि छानिनेछन् । अर्को सेमिफाइनलमा ताजिमाले भारतका चुङग्रेन कोरेनलाई पराजित गरेका थिए । पहिलो जजले ढाँटलाई २९–२८ अंक दिए । दोस्रोको जजबाट ढाँटले २९ र काशिवले २८ अंक पाए । तेस्रो जजले ढाँटलाई २९ र काशिबलाई २८ अंक दिएपछि उनले ऐतिहासिक जित  हात पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्