काठमाडौँ – भोटेकोशी नदीमा फेरि बाढीको सतह बढेपछि त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । शुक्रबार राति ८:५४ बजे जिल्ला प्रहरी कार्यालय रसुवामा चीनतर्फबाट बाढी बढेको सूचना प्राप्त भएको थियो । भोटेकोशीमा बाढी बढेकाले जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा सतर्कता अपनाउन आग्रह गरेका हुन् । अर्को सूचना नआएसम्मका लागि त्रिशूली नदीको तटीय क्षेत्र रसुवादेखि मुग्लिनसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन सचेत गराइएको छ ।



प्रतिक्रिया दिनुहोस्