Skip to content

नेशनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीको अध्यक्षमा राजीव सेढाईं

काठमाडौं – नेशनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीको तेस्रो अधिवेशनबाट राजीव सेढाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । आज सम्पन्न अधिवेशनले नयाँ नेतृत्वसहितको कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा दिपेन्द्र यादव, सचिवमा बालकृष्ण भट्टराई र कोषाध्यक्षमा भवानी केसी चयन भएका छन् । त्यस्तै सदस्यहरूमा श्याम लिम्बु, महेन्द्र रेग्मी, इन्दीरा अधिकारी र आङदावा लामा चयन भएका छन् ।

नवनिर्वाचित समितिले कागेश्वरी मनोहरा नगरपालिकाभित्रका निजी तथा आवासीय विद्यालयहरूको शैक्षिक विकास, संस्थागत समन्वय तथा विद्यालयसम्बन्धी साझा मुद्दामा सहकार्य गर्ने अपेक्षा गरिएको छ । तेस्रो अधिवेशनमा सहभागी पदाधिकारी तथा सदस्यहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्