Skip to content

त्रिशूलीमा आएको बाढीले चरौँदी झोलुङ्‍गे पुल बगायो

काठमाडौं – त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ । सोमबार बिहान त्रिशूली नदीमा आएको ठूलो बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदी झोलुङ्गे पुल बगाएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहान आएको बाढीले उक्त झोलुङ्गे पुल चुँडालेर क्षति पुर्‍याएको जनाएको छ । बाढीले त्रिशूली नदीमाथि बनेको धवादीस्थित अर्को झोलुङ्गे पुलमा पनि झति पुर्‍याएको छ । बाढीको तीव्रताका कारण झोलुङ्गे पुल बगाउने अवस्थामा पुगेको गण्डकी गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्