Skip to content

नेशनल प्याब्सन टोखा नगरसमितिको अध्यक्षमा बलराम भट्ट

काठमाडौं – नेशनल प्याब्सन टोखा नगरसमितिको चौथो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सम्पन्न अधिवेशनले बलराम भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको नेशनल प्याब्सन काठमाडौँका उपाध्यक्ष प्रेमकुमार भुजेलले जानकारी दिए । उनका उनुसार नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कृष्णप्रसाद ढकाल, सचिवमा रामनाथ आचार्य र कोषाध्यक्षमा प्रकाशराज बुढाथोकी चयन भएका छन् । त्यस्तै सदस्यहरूमा सबु प्रधान, होमनाथ आचार्य, भोला राउत, एकनारायण महर्जन र जगनबहादुर क्षेत्री चयन भएका छन् ।

अधिवेशनले निजी तथा संस्थागत विद्यालयका साझा शैक्षिक तथा व्यावसायिक मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउने र टोखा क्षेत्रको शैक्षिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धतासहित नयाँ नेतृत्व चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष भट्टसहित सम्पूर्ण कार्यसमितिलाई अधिवेशनमा सहभागी सदस्यहरूले सफल कार्यकालको शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्