Skip to content

रसुवा बाढी : ९०३ शव फेला, ४ हजार २२७ जना अझै सम्पर्कविहीन

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी अहिलेसम्म ९०३ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । प्राधिकरणका अनुसार बाढी तथा पहिरोमा परी ४ हजार २२७ जना अझै सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ । विपद्मा परेका १० हजार ४५१ जनाको उद्धार गरिएको छ । फेला परेका शवमध्ये पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ । बाढीमा परी २६७ जना घाइते भएका छन् । तीमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्राधिकरणका अनुसार हाल २० हजार ८१९ सुरक्षाकर्मी परिचालन भएका छन् । परिचालित सुरक्षाकर्मीमध्ये नेपाली सेनाका ८ हजार ७२२, नेपाल प्रहरीका ७ हजार ८९४ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना रहेका छन् । प्राधिकरणले उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई निरन्तरता दिइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्