Skip to content

एसिसी प्रिमियर कपमा सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमै अलआउट

काठमाडौँ – मलेसियामा जारी एसिसी प्रिमियर कपमा नेपालले बहराइनविरूद्ध उत्कृष्ट बलिङ गरेको छ । सोमबार टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बहराइन ३६.२ ओभरमा ८७ रनमै अलआउट भयो । बहराइनको ब्याटिङ ध्वस्त पार्न नेपालका कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिए। उनले १० ओभरमा केवल १४ रन खर्चिए भने ४ ‌ओभर त मेडन नै फ्याँके । यस्तै ललितराजवंशी ३ विकेट लिए भने करण केसीको नाममा २ विकेट रह्यो । बहराइनका लागि फैज अहमदले सबैभन्दा बढी १५ रन जोड्न सके ।

कपमा दोस्रो खेल भदौ १८ गते मलेसिया, तेस्रो खेल भदौ २१ गते साउदी अरेबिया र अन्तिम खेल भदौ २३ मा हङकङसँग खेल्नेछ । समूहमा शीर्ष दुईमा परे नेपाल सेमिफाइनल पुग्नेछ। सेमिफाइनल भदौ २५ गते, तेस्रो स्थान र फाइनल खेल भदौ २७ गते हुनेछ । २०२७ को एसिया कपमा छनोट हुनका लागि नेपालले प्रतियोगिताको जित्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्