काठमाडौँ – प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन् । सोमबार बिहान प्रधान सेनापति अशोकराज सिग्देलसँग खोजी, उद्धार, राहत तथा व्यवस्थापनका विषयमा ब्रिफिङ लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री शाहले त्यसपछि सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग ब्रिफिङ लिएका छन् । यसैगरी नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै ब्रिफिङ लिनेछन् ।



प्रतिक्रिया दिनुहोस्