Skip to content

नेशनल प्याब्सन काठमाडौं महानगर समितिको अध्यक्षमा नवराज पाण्डे, सचिवमा सुनिल केसी

काठमाडौं – नेशनल प्याब्सन (N-PABSON) काठमाडौं महानगर समितिको तेस्रो अधिवेशनबाट नवराज पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । अधिवेशनबाट उपाध्यक्षमा टंक गैह्रै, सचिवमा सुनिल केसी र कोषाध्यक्षमा रनिश भट्टराई चयन भएका नेशनल प्याब्सन काठमाडौँका उपाध्यक्ष प्रेमकुमार भु्जेलले जानकारी दिए । उनका अनुसार सदस्यहरूमा प्रकाश श्रेष्ठ, मनिस श्रेष्ठ र चपला ढकाल चयन भएका छन्। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनमा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपाने, केन्द्रीय उपाध्यक्ष विष्णु पराजुली लगायत केन्द्रीय पदाधिकारी तथा प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । नवनिर्वाचित समितिले काठमाडौं महानगर क्षेत्रभित्रका संस्थागत विद्यालयका साझा समस्या, शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यालयको हकहितका विषयमा प्रभावकारी रूपमा काम गर्ने अपेक्षा गरिएको छ । नयाँ नेतृत्वले विद्यालय सञ्चालक, शिक्षक, विद्यार्थी तथा सम्बन्धित निकायबीच समन्वय गर्दै संस्थागत शिक्षा क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्