काठमाडौँ – प्रतिनिधिसभा बैठक चलिरहेको समयमा बिहीबार नेपाली कांग्रेसका सांसद भरत खड्का ढलेका छन् । लेखा समितिको सभापति समेत रहेका खड्का बैठक कक्षमै ढलेकै हुन् । खड्का ढलेपछि कांग्रेस सांसद चन्द्रमोहन यादव लगायत दौडिँदै उनीतर्फ गएका थिए । बिहीवार दिउँसो प्रतिनिधि सभा बैठक चलिरहेको समयमा सांसद खड्का ढलेका हुन् । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले बोल्दै गरेका रास्वपा सांसदालई रोकेका थिए ।
ढल्ने सांसद संसदको लेखा समितिका सभापति समेत रहेका कांग्रेस सांसद भरत खड्का रहेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए । ब्लड प्रेसर बढेर ढलेका उनलाई संसदमा खटिएका चिकित्सकले उपचार गरिरहेका छन् । संसदमा २ जना सरकारी डाक्टर काजमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्