काठमाडौं – संस्थागत विद्यालय सञ्चालकहरूको मञ्च (फिजम) को पाँचौं अधिवेशनबाट सुनिल केसी अध्यक्षमा सर्वसम्मत निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनले केसीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। नयाँ कार्यसमितिको उपाध्यक्षमा जया ढकाल, सचिवमा विष्णु ओली, सह–सचिवमा झबिन्द्र खड्का, कोषाध्यक्षमा चक्रमणि राई र सह–कोषाध्यक्षमा गणेश भट्टराई चयन भएका छन् । त्यस्तै सदस्यहरूमा बिपिन कर्ण, रनिस भट्टराई र राजु रिमाल चयन भएका छन् । अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि केसीले आफूलाई विश्वास गरेर गरिमामय जिम्मेवारी प्रदान गरेकोमा अध्यक्षमण्डल, निर्वाचन मण्डल, निवर्तमान कार्यसमिति, सदस्य विद्यालय तथा सहयोगी हातहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।
उनले नयाँ कार्यसमितिलाई संस्थागत विद्यालयका सञ्चालकहरूको हकहित, शैक्षिक क्षेत्रको विकास तथा संगठनलाई थप प्रभावकारी बनाउन सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् । नवनिर्वाचित अध्यक्ष केसीले नयाँ कार्यसमितिमा चयन भएका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामनासहित बधाईसमेत व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्