काठमाडौँ – रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परेर ज्यान गुमाएकाहरूको सम्मान आज राष्ट्रिय शोक मनाइँदै छ । गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आज दिन दिन बाढीमा परेर ज्यान गुमाउनेहरूको सम्मान राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । आज बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा नेपालभर शोक मनाइँदै छ । सरकारले आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
यही १० भदौमा रसुवाको भोटेकोसीहुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीमा परेर अहिलेसम्म १ हजार ३३९ जनाको मृत्यु भएको छ भने ४ हजारभन्दा बढी मानिस बेपत्ता छन् । बाढीले ठूलो भौतिक क्षति पनि गरेको छ ।



प्रतिक्रिया दिनुहोस्