काठमाडौँ – नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक आज बस्दैछ । कांग्रेस संसदीय दल कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो । प्रतिपक्षी दल नेता भीष्मराज आङ्देम्बेको सचिवालयले दिएको जानकारीअनुसार आज बिहान ११ बजे प्रतिपक्षी दलहरूको बैठक बस्ने तय भएको छ । बैठकका ४ एजेन्डा छन् । भोटेकोशी बाढी, सर्वदलीय बैठक र त्यसका निर्णय कार्यान्वयन प्रक्रिया, सरकारले गठन गरेका पछिल्ला समितिहरूको कार्यसम्पादन र अन्य समसामयिक घटनाक्रम एजेन्डा छ ।
बैठकमा कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका नेताहरू सहभागी हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्