काठमाडौँ – नेपाली कांग्रेसले पार्टीको साङ्गठनिक निर्वाचन प्रक्रियालाई सहज बनाउन सातै प्रदेशमा निर्वाचन संयोजक तोकेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले प्रदेशस्तरमा सहजीकरणका लागि वरिष्ठ अधिवक्ताहरूलाई संयोजकको जिम्मेवारी तोकेका हुन् । समितिले जारी गरेको सूचना अनुसार सम्बन्धित प्रदेशमा निर्वाचनसँग सम्बन्धित आवश्यक राय–परामर्श लिनका लागि संयोजकहरू तोकिएको हो ।
कोशी प्रदेश: वरिष्ठ अधिवक्ता डिल्लीबहादुर कार्की
मधेस प्रदेश: वरिष्ठ अधिवक्ता बलराम सुवेदी
बागमती प्रदेश: वरिष्ठ अधिवक्ता कृष्ण अर्याल
गण्डकी प्रदेश: वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल
लुम्बिनी प्रदेश: वरिष्ठ अधिवक्ता दीपककुमार रेग्मी
कर्णाली प्रदेश: वरिष्ठ अधिवक्ता उत्तम आचार्य
सुदूरपश्चिम प्रदेश: वरिष्ठ अधिवक्ता गंगाराम पाध्याय
समितिले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा भने तोकिएको निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहसँग समन्वय गरेर अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ।



प्रतिक्रिया दिनुहोस्