काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले राजविराज नगरपालिका १४ पर्साकी बबिता पासवानले सडकमै बच्चा जन्माउन बाध्य भएको विषयमा सरकारको ध्यानाकर्षण गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चुनावको बेला प्रधानमन्त्री बालेनले ‘गोजीमा पैसा नहुनुले उपचार पाउनुपर्छ’ भनेर यसलाई चुनावी नारा भनेको स्मरण गरिन् । बबिताको श्रीमानसँग दुई हजार रहेको र १२ सय नपुगेपछि पैसा खोज्न जाने क्रममा सँगै निस्किएकी श्रीमतीले अस्पतालको पेटीमा बच्चा जन्माएको उल्लेख गर्दै उनले प्रधानमन्त्री बालेनको चुनावी नारा स्मरण गराएकी हुन् ।
‘म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु– तपाईंले घोषणा गर्नुभएको एजेण्डाको कार्यान्वयनमा राज्य कहाँ उभिएको छ’ उनले भनिन् । यो विषयमा प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीसँग उनले जवाफ समेत माग गरेकी छन् । अन्य सांसदहरूले पनि बबिता पासवानले सडकमै बच्च जन्माउन बाध्य भएको विषयमा सरकारसँग जवाफ मागेका छन् ।



प्रतिक्रिया दिनुहोस्