Skip to content

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको छ । पार्टीले जारी गरेको सूचनाअनुसार बैठक भोलि दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै प्रदेश सभापतिहरूलाई समेत उपस्थित हुन अनुरोध गरिएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्