Skip to content

संस्थापनपक्षको निर्णयपछि देउवा समूहले गर्‍यो छलफल, ४ बजे धारणा सार्वजनिक गर्ने

काठमाडौँ – नेपाली कांग्रेसले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई अहिलेको समितिमा समेट्ने निर्णय गरेपछि पूर्वसभापति शेरबहादुर देउवानिकट नेताहरूले छलफल गरेका छन् । देउवानिवासमा आफूहरूको अनौपचारिक छलफल भएको नेता प्रकाशशरण महतले जानकारी दिए । पार्टीको निर्णयपछि आफूहरूको समूहको धारणा सार्वजनिक गर्नको लागि ४ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन राखेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्