काठमाडौं – रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन् । सभापति लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक भोलि (बुधबार) रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा सर्वदलीय बैठकमा छलफल हुने खरेलले बताए । उनका अनुसार, बैठक बिहान ११ बजे बस्नेछ ।



प्रतिक्रिया दिनुहोस्