Skip to content

राजेन्द्र महतोको पार्टीका महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

काठमाडौँ – राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिवसहित नौ केन्द्रीय सदस्यले राजीनामा दिएका छन् ।  बिहीबार मुक्ति पार्टीका महासचिव केशवकुमार झाले राजीनामा दिएका हुन्। उनीसँगै केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पञ्कजकुमार देव, हिरालाल पण्डल, अनुपम झा, ऋषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजुले राजीनामा दिएका हुन् । उनीहरूले राजीनामा कारण खुलाएका छैनन्। सबै जनाले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्