Skip to content

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि, बैठकको एजेन्डा तय हुन बाँकी

काठमाडौँ – नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरू हुँदैछ । ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठक तीन दिनसम्म चल्ने छ । बैठकको एजेन्डा तय हुन बाँकी छ । त्यसका लागि बिहान ९ बजे केन्द्रीय सचिवालय बैठक बोलाइएको छ ।

एमालेमा लामो समयदेखि उठिरहेको पार्टी पुनर्गठनको मुद्दा अहिले पेचिलो बनेको छ । निर्वाचन समीक्ष तथा पार्टी पुनर्गठन कार्यदलले तल्लो कमिटीबाट ल्याएको सुझावमा बहुसंख्यक नेता कार्यकर्ताले नेतृत्व परिवर्तनको मुद्दा उठाएका छन् । सोही सुझावसहितको प्रतिवेदन आइतबारको केन्द्रीय सचिवालयमा छलफल हुँदा ओलीले प्रतिवेदनलाई ‘चिर्कटो’ भन्दै बुझ्न अस्वीकार गरिदिएका थिए । बैठकमा उपमहासचिव योगेश भट्टराई र अध्यक्ष ओलीबीच चर्काचर्की नै परेको थियो ।

प्रतिक्रिया दिनुहोस्