काठमाडौं – नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेनको संयुक्त राष्ट्रसंघमा गरेको सम्बोधन दृढ, सार्थक र जोडदार रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बास्कोटाले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक नभए पनि प्रधानमन्त्रीले राष्ट्रसंघमा देशको भावना बोलेको भन्दै खुसीसाथ समर्थन गरेको बताएका हुन् ।
उनले भनेका छन्, “प्रधानमन्त्री बालेनको राष्ट्रसंघमा गरेको सम्बोधन दृढ, सार्थक र जोडदार लाग्यो। तर म रास्वपा होइन, उनले देशको भावना बोले–मैले खुसी मनले समर्थन गरे ।” बास्कोटाको भनाइले प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत धारणा दलगत सीमाभन्दा माथि उठेर समर्थन गर्न सकिने उनको दृष्टिकोण रहेको संकेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्