काठमाडौँ – एसियन गेम पुरुष क्रिकेटमा अफगानिस्तानले नेपाललाई १०३ रनको लक्ष्य दिएको छ ।नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा ७ विकेट क्षतिमा १०२ रन जोडेको हो । नेपालको लागि ललित राजवंशीले ३ र कुशल भुर्तेलले ४ विकेट लिए । अफगानिस्तानको लागि फैजल खान र निजाबुल्लाह जाद्रानले ३०/३० रन बनाए ।



प्रतिक्रिया दिनुहोस्