काठमाडौं – मनाङको हिम्मलुङमा पहिरो जाँदा १ दर्जन बेपत्ता भएको आशंका गरिएको छ । आइतबार बिहान मनाङको नार्पाभुमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिउँपहिरो गएको थियो । हिमाल आरोहणमा गएका २२ जना (९ जना पर्वत आरोही र १३ जना सहयोगी स्टाफ) मध्ये करिब १ दर्जन बेपत्ता अशंका भएको प्रहरीले जनाएको छ । उद्धारको लागि काठमाडौँबाट हेलिकप्टर मनाङको लागि गएको छ । के कति क्षति भयो भन्ने यकिन जानकारी प्राप्त हुन नसकेको प्रहरी सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।



प्रतिक्रिया दिनुहोस्