प्रधानन्यायाधीश मनोजकुमार शर्मा र नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीबीच भेट भएको छ । मंगलबार अपराह्न ४ बजेतिर प्रधानन्यायाधीश शर्मालाई भेट्न आइजिपी सर्वोच्च अदालत पुगेको स्रोतले बतायो । भेट करिब पौने ५ बजेसम्म भएको स्रोतले बताएको छ । आइतबार मध्यराति सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाका सन्दर्भमा बुझ्न प्रधानन्यायाधीश शर्माले आइजिपीलाई बोलाएका हुन् । भेटमा के कस्तो कुराकानी भयो भन्ने खुलेको छैन । यसअघि सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक बसेर पूर्वप्रधान न्यायाधीश जबराको पक्राउको घटनालाई स्वेच्छाचारी बताएको थियो । सर्वोच्चले विज्ञप्ति नै निकालेर त्यस कदमको विरोध जनाएको हो ।



प्रतिक्रिया दिनुहोस्