काठमाडौं – अविरल वर्षाका कारण पहिरो खसेर तथा सडक भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्गमा सवारी आवागमन सहज बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले मंगलबार सूचना जारी गर्दै राजमार्गका विभिन्न स्थानमा खसेको पहिरो तथा सडक भासिएका ठाउँमा अवरोध हटाउने काम भइरहेको जनाएको छ। हाल राजमार्गमा एकतर्फी रूपमा सवारी आवागमन सञ्चालन भइरहेको प्रशासनले जनाएको छ । प्रशासनका अनुसार थप पहिरो वा अन्य कुनै अवरोध नआएमा बुधबार दिउँसो १ बजेदेखि पृथ्वी राजमार्ग भएर चल्ने सबै प्रकारका सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउनेछन् ।
वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले जुनसुकै समयमा पहिरो खस्न सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ । प्रशासनले सवारी चालक, यात्रु तथा सर्वसाधारणलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गर्दै सवारी सञ्चालनका क्रममा प्रचलित ट्राफिक नियम तथा सडक अनुशासन पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्