Skip to content

७७ वटै जिल्लामा वडा अधिवेशन सुरु भएको कांग्रेस देउवा समूहको दाबी

काठमाडौँ – नेपाली कांग्रेसको अलग्गै महाधिवेशन प्रक्रिया सुरु गरेको पूर्वसभापति शेरबहादुर देउवा समूहको वडा अधिवेशन सबै जिल्लामा सुरु भएको दाबी गरिएको छ । नेता दीपक कुईंकेलका अनुसार ७७ वटै जिल्लामा अधिवेशन सुरु भएको छ ।  वडा अधिवेशनबारे विस्तृत जानकारी साँझ विज्ञप्तिमार्फत दिइने उनले बताए । देउवा समूहको महाधिवेशन कार्यतालिका अनुसार १५ असोजमा वडा अधिवेशन, २० असोजमा पालिका अधिवेशन र २३ असोजमा प्रदेशसभा निर्वाचन क्षेत्र एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन हुनेछ । यस्तै, १५ कात्तिकमा जिल्ला अधिवेशन र ४ मंसिरमा प्रदेश अधिवेशन तथा २२ देखि २४ मंसिरमा केन्द्रीय महाधिवेशन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्