काठमाडौँ – सरकारले संसद्मा दर्ता गरेको ‘सङ्घीय निजामती सेवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा महिला कर्मचारीलाई महिनावारी (रजस्वला) बिदा दिने नयाँ व्यवस्था प्रस्ताव गरेको छ । विधेयकको बुँदा नम्बर १२५ मा निजामती कर्मचारीले पाउने बिदाको सूचीमा ‘महिनावारी/रजस्वला बिदा’ समावेश गरिएको हो । प्रचलित कानुनमा बिरामी बिदा, प्रसूति बिदा तथा प्रसूति स्याहार बिदाजस्ता सुविधाहरू मात्र सीमित थिए । यदि यो विधेयक संसद्बाट पारित भएर ऐनका रूपमा लागू भएमा सरकारी सेवामा कार्यरत महिला कर्मचारीहरूले महिनावारीका समयमा अलग्गै बिदा पाउन सक्नेछन् । यस कदमले कार्यस्थलमा महिलाको स्वास्थ्य, सहजता र अधिकारलाई थप सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्