Skip to content

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने, नाना र छाना आफ्नै, खाना पार्टीको

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने भएका छन्। पार्टी कार्यालय सानेपामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले महाधिवेशनलाई यस्ताे जानकारी दिएका हुन् । उनका अनुसार देश शोक र विपत्तिको अवस्थामा रहेकाले महाधिवेशनमा विगतमा जस्तो झाँकी, सजावट तथा अन्य तामझाम गरिने छैन। महाधिवेशनलाई मितव्ययी ढंगले सम्पन्न गर्ने तयारी कांग्रेसको छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि खानाको व्यवस्था भने पार्टीले नै गर्ने भएको छ । भृकुटीमण्डपमा बिहान, दिउँसो र बेलुकाको खाना उपलब्ध गराउने तयारी गरिएको प्रवक्ता चालिसेले बताए। तर प्रतिनिधिको आवासको व्यवस्था भने पार्टीले नगर्ने भएको छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिले आफ्नो बसोबासको व्यवस्था आफैँ गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्