Skip to content

आजको मौसम : कोशी, बागमतीसहित ४ प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौं – आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने देशका तराई भू-भागमा पनि आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भाग तथा देशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ । राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। तराईका भू-भागमा बिहानपख हुस्सु लाग्ने पूर्वानुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्