Skip to content

‘कांग्रेस हल्लाका भरमा होइन, त्याग र संघर्षबाट स्थापित भएको पार्टी हो’

काठमाडौं – श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेस हल्लाका भरमा नभई लामो संघर्ष, त्याग र बलिदानबाट स्थापित भएको पार्टी भएको बताएका छन् ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताए । ‘नेपाली कांग्रेसको इतिहास धेरै पढ्यौँ र हेर्यौँ। नेपाली कांग्रेस वास्तवमा हल्लाद्वारा स्थापित भएको पार्टी होइन,’ राईले भने ।

कांग्रेसको इतिहासमा धेरै नेता तथा कार्यकर्ताले व्यक्तिगत सपना त्यागेर राष्ट्र निर्माणमा योगदान गरेको उनले बताए । ‘आफ्ना निजी सपना मारेर, राष्ट्र निर्माणका निम्ति सपना त्यागेर, त्यो सपना देखेर निर्माण भएको पार्टी हो,’ राईले भने । राईले कांग्रेसले आगामी दिनमा सत्तामा कति समय रहने भन्नेभन्दा पनि जनताका पक्षमा कति राम्रो काम गर्न सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले कांग्रेसले आफ्नो ऐतिहासिक योगदानलाई आत्मसात् गर्दै वर्तमान आवश्यकता र जनअपेक्षाअनुसार आफूलाई थप रूपान्तरण गर्नुपर्ने धारणा पनि राखे ।

प्रतिक्रिया दिनुहोस्