काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको समय दुई घण्टा थप गरिएको छ । केन्द्रीय निर्वाचन समितिले मंगलबार सूचना जारी गर्दै यसअघि मंगलबार दिउँसो ४ बजेसम्म तोकिएको मनोनयन दर्ताको समय बढाएर साँझ ६ बजेसम्म कायम गरेको जनाएको छ । निर्धारित समयभित्र केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि मनोनयनपत्र दाखिला गर्न निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेको छ । कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आइतबारदेखि काठमाडौंमा भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्