Skip to content

चोलेन्द्र शमशेरसहित उनीनिकट व्यक्तिको घरमा सम्पत्ति शुद्धीकरणको छापा

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ । राणासहित उनीनिकटका केही व्यक्तिहरू र नातेदारको घरमा विभागले छापा मारेको हो । उनीहरूका घरमा छापा मारेर केही महत्त्वपूर्ण कागजातहरू बरामद गरिएको बताइएको छ । केही दिनअघि मात्रै प्रहरीले चोलेन्द्रलाई उनकै घरबाट मध्यराति पक्राउ गरेको थियो । १२ घण्टासम्म नियन्त्रणमा राखेर उनलाई छोडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्