Skip to content

सभापति निर्वाचित भएपछि सानेपा जाँदै गगन थापा, पत्रकारहरुसँग कुराकानी गर्ने !

काठमाडौं – नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा शनिबार पार्टी कार्यालय सानेपा जाने भएका छन् । १५ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनी पहिलो पटक पार्टी कार्यालय सानेपा जान लागेका हुन् । सभापति थापा दिउँसो २ बजे सानेपा कार्यालयमा उपस्थित हुने र पत्रकारहरूसँग कुराकानी गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । उनी गएराति सम्पन्न मतगणनामा प्रतिष्पर्धी उम्मेदवार श्याकृष्ण खड्गीलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए ।

केन्द्रीय निर्वाचन समितिका अनुसार थापा ६ हजार ५८४ मतसहित सभापतिमा निर्वाचित भएका थिए । उनका प्रतिष्पर्धी खड्गीले ३७५ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्