कार्यक्रमका विशिष्ट अतिथि शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख सुरेश कुमार जोशीले निजी विद्यालयका माग तथा सरोकार सम्बोधन हुने विश्वास व्यक्त गरेका थिए । उनले शिक्षा क्षेत्रसँग सम्बन्धित विषयमा सम्बन्धित पक्षका चासो र मागलाई सम्बोधन गर्ने अपेक्षा व्यक्त गरेका थिए । कार्यक्रममा नेशनल प्याब्सन काठमाडौंका उपाध्यक्ष प्रेमकुमार भुजेलले स्वागत मन्तव्य राख्दै समसामयिक शैक्षिक विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । त्यसैगरी, कार्यक्रमका सभापति तथा नेशनल प्याब्सन काठमाडौंका अध्यक्ष अमृत खड्काले प्रस्तावित शिक्षा ऐनका विषयमा बोल्दै निजी विद्यालयका सरोकार र मागप्रति ध्यान दिनुपर्ने धारणा राखेका थिए । दशैँको अवसरमा आपसी सद्भाव, भाइचारा र संगठनात्मक एकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेशनल प्याब्सनअन्तर्गतका नगर समितिका अध्यक्षहरूलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रमले निजी विद्यालय सञ्चालक, शैक्षिक नेतृत्व तथा सम्बन्धित निकायबीच आपसी संवाद, सहकार्य र समन्वयलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्