धनगढी – नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश भूगोल महिलातर्फको मतगणनामा अम्बिका चलाउनेले अग्रता लिएकी छन् । ३ हजार ७ सय मत गणना हुँदा चलाउनेले २ हजार ८ मत प्राप्त गरेकी छन् । उनका प्रतिस्पर्धीमध्ये सुसिला शाहीले ९ सय ३६, खिना भण्डारीले ४ सय ८ र टिकेश्वरी हमालले २ सय ४७ मत प्राप्त गरेका छन् । हालसम्मको मतपरिणामअनुसार चलाउने अन्य प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिएकी छन् । मतगणना जारी रहेकाले अन्तिम परिणाम भने आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्