Skip to content

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

काठमाडौँ – विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद खगेन्द्र सुनारलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ । बागमती प्रदेशकी पूर्वराज्यमन्त्री रहेकी एक महिलासँग सांसद सुनारले आपत्तिजनक लाञ्छना लगाउनुको साथै धम्कीपूर्ण भाषा प्रयोगको अडियो सार्वजनिक भएको थियो । यस विषयमा सत्यतथ्य अन्वेषण गर्न पार्टीले तत्काल आन्तरिक छानविन प्रक्रिया अगाडि बढाउन निर्देशन दिए लगत्तै आयोगले २४ स्पष्टीकरण सोधिएको एक सदस्यले जानकारी दिए ।

पार्टी महामन्त्री विपिन कुमार आर्चायले यस विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको मंगलबार विज्ञप्ति मार्फत जानकारी गराएका थिए । सुनारमाथि सार्वजनिक कार्यक्रममा सहभागी हुन पनि पार्टीले रोक लगाएको छ । रास्वपाका केन्द्रीय सदस्य पनि रहेका सुनार अडियो प्रकरणपछि कारबाहीका लागि चौतर्फी दबाब बढेको छ ।

प्रतिक्रिया दिनुहोस्