Skip to content

कांग्रेस सुदूरपश्चिम महिला केन्द्रीय सदस्यमा अम्बिका चलाउनेको जित निश्चित !

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशन–२०८३ अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट महिला केन्द्रीय सदस्य पदमा अम्बिका कुमारी चलाउनेको जित निश्चितजस्तै देखिएको छ । हालसम्म ५ हजार ३०३ मत गणना हुँदा चलाउनेले २ हजार ८६९ मत प्राप्त गरेकी छन्। उनकी निकटतम प्रतिस्पर्धी सुशीला शाहीले १ हजार ३०७ मत पाएकी छन्। चलाउने र शाहीबीच १ हजार ५६२ मतको फराकिलो अन्तर रहेको छ ।

त्यस्तै, खिना भण्डारीले ५९९ र टिकेश्वरी हमालले ३६८ मत प्राप्त गरेकी छन् । अब १ हजार ७३६ मत गणना हुन बाँकी छ। हालसम्मको मतपरिणाम र प्रतिस्पर्धीहरूसँगको फराकिलो मतान्तरका आधारमा चलाउनेको जित सुनिश्चित हुने देखिएको छ । यद्यपि, औपचारिक घोषणा भने अन्तिम मतपरिणाम सार्वजनिक भएपछि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्