Skip to content

प्रहरी हवल्दार शान्ति भट्ट असोज महिनाको उत्कृष्ट प्रहरी घोषित

महेन्द्रनगर – नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कञ्चनपुरमा कार्यरत प्रहरी हवल्दार कुमारी शान्ति भट्ट २०८३ साल असोज महिनाको उत्कृष्ट प्रहरी घोषित भएकी छन् । कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र शाहीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा भट्टलाई उनको कार्यसम्पादन, अनुशासन, आचरण तथा पृष्ठपोषणसमेतका आधारमा महिनाको उत्कृष्ट प्रहरीका रूपमा सम्मान गरिएको हो । कार्यक्रममा प्रहरी हवल्दार भट्टलाई उत्कृष्ट प्रहरी घोषित गर्दै प्रशंसापत्र प्रदान गरिएको छ ।

प्रहरी कर्मचारीको कार्यसम्पादन, व्यावसायिक दक्षता, अनुशासन र जिम्मेवारीप्रतिको प्रतिबद्धताको कदर गर्दै उत्कृष्ट प्रहरी छनोट तथा सम्मान गर्ने गरिएको छ । यसले प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारी थप प्रभावकारी, अनुशासित र सेवामुखी ढंगले निर्वाह गर्न प्रोत्साहन मिल्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्