काठमाडौँ – दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले प्राकृतिक व्यक्तिको डिजिटल वालेटमा रकम जम्मा गर्न पाउने दैनिक सीमा बढाएको छ । यसअघि दैनिक बढीमा १० पटकसम्म रकम जम्मा गर्न पाउने व्यवस्था रहेकामा बैंकले निश्चित अवधिका लागि यो सीमा बढाएर ५० पटकसम्म पुर्याएको हो । दसैंको समयमा २०८३ असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म दैनिक ५० पटकसम्म रकम जम्मा गर्न सकिनेछ।
त्यस्तै, तिहार तथा छठ पर्वको लागि कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्म यो सुविधा लागू हुनेछ । राष्ट्र बैंकको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन अनुसार प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था थियो ।


प्रतिक्रिया दिनुहोस्