Skip to content

दशरथचन्द विश्वविद्यालयलाई एमबीबीएसका ५० सिट, पूरा हुँदै सुदूरपश्चिममै डाक्टर उत्पादन गर्ने सपना

कैलाली – कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पहिलोपटक एमबीबीएस अध्ययनका लागि ५० सिट पाएको छ। चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्न ५० सिट निर्धारण गरेको हो । चिकित्सा शिक्षा आयोगको यो निर्णयसँगै गेटामा एमबीबीएस अध्ययनको बाटो खुलेको छ। लामो समयदेखि चिकित्सा शिक्षाको पर्खाइमा रहेको सुदूरपश्चिममा पहिलोपटक चिकित्सक उत्पादन गर्ने प्रक्रिया अघि बढ्ने भएको हो ।

प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको २८औँ बैठकले गेटासहित देशभरका ८४ शिक्षण संस्थामा विभिन्न तह र विषयका गरी कुल ९ हजार ६९१ सिट निर्धारण गरेको हो। आयोगले गत वर्षको तुलनामा चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रममा ४१८ सिट थप गरेको जनाएको छ । यस वर्ष एमबीबीएसतर्फ मात्रै ११० सिट वृद्धि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्