Skip to content

किशोर श्रेष्ठलाई घरबाटै नियन्त्रणमा लिएर प्रहरीले लग्यो साइबर ब्युरो, हिमेश पन्तलाई पनि बोलायो

काठमाडौँ – जनआस्था साप्ताहिकका अध्यक्ष एवं पत्रकार किशोर श्रेष्ठलाई घरबाटै नियन्त्रणमा लिएर प्रहरीले साइबर ब्युरो कार्यालय लगेको छ । नेपाल प्रहरीको साइबर ब्युरोको टोली आज बिहान श्रेष्ठको नख्खुस्थित निवासमा पुगेको थियो। त्यसपछि उनलाई सोधपुछका लागि साइबर ब्युरोको कार्यालय लगिएको साइबर ब्युरोका प्रवक्ता एवं एसपी दिपकराज अवस्थीले जानकारी दिए।

श्रेष्ठविरूद्ध निवेदन परेपछि त्यसबारे छलफल गर्न उनलाई कार्यालय ल्याइएको हो । यस्तै श्रेष्ठविरूद्ध ब्युरोमा ठाडो उजुरी दिएकाले रास्वपाका केन्द्रीय सदस्य हिमेश पन्तलाई पनि बोलाइएको हो ।

समाचारको विषयलाई लिएर श्रेष्ठविरूद्ध पन्तले हिजो साइबर ब्युरोमा निवेदन दिएका थिए । त्यसैगरी श्रेष्ठले पनि पन्तविरूद्ध निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्