काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आजदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ । अभियानको आज दिउँसो साढे २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उद्घाटन हुँदै छ । उद्घाटनमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने नेकपाले जनाएको छ । वालेन्द्र शाह नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएको नेकपाले पहिल्यैदेखि नै दसैँलगत्तै आन्दोलनमा जाने बताएको थियो । यो अभियान पनि सरकारलाई दबाब दिन र पार्टीलाई थप बलियो बनाउन भएको नेताहरूले जनाएका छन् । अभियानबारे विस्तृत जानकारी उद्घाटन समारोहबाटै सार्वजनिक हुने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्