Skip to content

दार्चुलामा जुवातास खेलिरहेका आठ जना पक्राउ, ७१ हजार बढी नगद बरामद

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकाबाट जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । शनिबार शैल्यशिखर नगरपालिका–९ गाँजरीस्थित केशव विकले सञ्चालन गरेको सुदर्शन खुद्रा पसल रहेको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक निरज सिंह भाटको नेतृत्वमा खटिएको ११ जनाको टोलीले छापा मारेको थियो ।

छापा मार्ने क्रममा प्रहरीले जुवाखालबाट ७१ हजार ७७५ रुपैयाँ नगद र तीन गड्डी तास बरामद गरेको छ । पक्राउ परेका आठै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्