विराटनगर – कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन् । पदको दुरुपयोग गरेको आरोप लागेपछि उनले मंगलबार पदबाट राजीनामा दिएका हुन् । उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन्। उनको राजीनामा स्वीकृत भइरहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । अध्यक्ष गुरागाईं पछिल्लो समय अतिरिक्त भत्ता बुझेको, अदालतको आदेशविपरीत कर्मचारी बढुवा सिफारिस गरेको विषयमा विवादमा तानिएका थिए।
आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै विरोध भएपछि उनी नैतिक संकटमा परेका थिए ।


प्रतिक्रिया दिनुहोस्