Skip to content

ओलीदेखि विप्लवसम्मलाई प्रचण्डको खुला चुनौती : सबै कम्युनिस्ट एक ठाउँमा आउनुपर्छ

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसहित सबै वामपन्थी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।

मंगलबार काठमाडौंमा नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच आयोजित पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले मुलुक असाधारण संकटमा रहेको उल्लेख गर्दै सबै कम्युनिस्ट शक्तिहरूबीच एकता आवश्यक रहेको बताएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका सबै कम्युनिस्ट समूहलाई एकताको प्रक्रियामा सहभागी हुन आग्रह गरे ।

‘नेकपा एमालेदेखि हिजो माओवादी र एमालेका विभिन्न धारामा रहेका सबै समूहहरूलाई पनि एकताबद्ध गर्ने जिम्मेवारी तपाईं–हामी सबैको काँधमा छ,’ प्रचण्डले भने, ‘केपी ओलीसमेत, मोहनविक्रमजीसमेत, मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव लगायत सबै बाँकी कम्युनिस्ट समूहहरूलाई पनि एकताबद्ध गर्नु आजको देशको वस्तुगत आवश्यकता बनेको छ ।’ प्रचण्डले कम्युनिस्ट शक्तिहरूको एकतासँगै देशभक्त र लोकतन्त्रवादी शक्तिहरूबीचको एकता पनि ऐतिहासिक आवश्यकता बनेको बताए । विगतमा विभिन्न समयमा भएका पार्टी एकता र सहकार्यका क्रममा देखिएका उतारचढावबाट आत्मसमीक्षा गर्दै राष्ट्रिय स्वाधीनताको रक्षाका लागि फेरि एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो ।

‘आज देश असाधारण संकटमा छ । यो बेला हामी सबैले आफ्नो सोचाइ, बुझाइ र भावनालाई अझ फराकिलो बनाउनुपर्छ । सबै खालका आग्रह, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर राष्ट्र र देशलाई प्राथमिकतामा राख्दै एकताबद्ध हुने आजको आवश्यकता हो,’ उनले भने । उनले विगतमा माओवादी र एमालेका विभिन्न धारामा रहेका नेता तथा कार्यकर्तालाई जोड्ने जिम्मेवारी पनि आफूहरूकै काँधमा रहेको उल्लेख गर्दै सबैलाई एकताको अभियानमा केन्द्रित हुन आग्रह गरे ।

न

प्रतिक्रिया दिनुहोस्