Skip to content

पत्रकार महासंघकाे निर्वाचन अनिश्चितकालाका लागि स्थगित भएपछि चाैतर्फी आलाेचना

महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए । महासंघको नयाँ नेतृत्व चयनका लागि यही असोज १२ गते मतदान गर्ने कार्यतालिका थियो ।

त्यसका लागि उम्मेदवारको मनोनयन दर्ता असोज ४ गते (आज) निर्धारण गरिएको थियो । तर, नेपाल पत्रकार महासंघबाट प्राप्त पत्रअनुसार मनोनयन दर्ता लगायतका कार्यतालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचनामा केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव भक्तिराम घिमिरे तथा सदस्यहरु अरुण पौड्याल, विष्णुमाया भुसाल, शालिकराम सापकोटा, कपिलचन्द्र पोखरेल, देवेन्द्र झा र प्रा. चिरञ्जीवी खनालको हस्ताक्षर छ । सदस्यता शुद्धीकरणको विषयमा विवाद हुँदा नेपाल पत्रकार महासंघको महाधिवेशन प्रभावित भएको छ । विवाद चर्किएपछि महासंघको अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिएका छन् ।

महासंघकाे निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि पत्रकारहरुले नेतृत्वमाथि विभिन्न खालकाे टीका टिप्पणी समेत गर्न थालेका छन् ।अरुकाे विषयमा खराे रुपमा प्रस्तुत हुने पत्कारहरु आफ्नै सङ्गठनका नेतृत्वमाथि पनि कडा रुपमा प्रस्तुत भैरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्