Skip to content

सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस

काठमाडौँ – विभिन्न कार्यक्रमका साथ देशैभर १९औँ गणतन्त्र दिवस मनाइएको छ । काठमाडौंकाे टुँडिखेलमा औपचारिक कार्यक्रम गरेर दिवस मनाएको छ । जननिर्वाचित पहिलो संविधानसभाबाट १५ जेठ २०६५ मा निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।

समराेहमा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रतिनिधिसभाका सभामुख डीपी अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुखलगायत उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्