Skip to content

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको स्कर्पियो चोरी, प्रहरीले सुरु गर्‍यो खोजी

काठमाडौं – ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले प्रयोग गर्दै आएको स्कर्पियो गाडी चोरी भएको छ । प्रहरीका अनुसार मध्यराति गोदावरी–१४ ठेचो क्षेत्रबाट उक्त स्कर्पियो हराएको भन्दै उजुरी परेको हो। गाडी हराएपछि जिल्ला प्रहरी परिसर ललितपुरले खोजी अभियान सुरु गरेको जनाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्र ले स्कर्पियोको खोजी कार्य जारी रहेको बताए।

प्रहरीका अनुसार घटनास्थल आसपासका सीसीटीभी फुटेजमा एक व्यक्तिले स्कर्पियो लगेर गएको दृश्य देखिएको छ। सोही आधारमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप जानकारी लिन प्रहरीले स्कर्पियोका चालकसँग पनि सोधपुछ गरेको छ। चालकले भने आफू राति सुतेको अवस्थामा गाडी चोरी भएकाले घटनाबारे कुनै जानकारी नभएको बताएका छन् । प्रहरीले सीसीटीभी फुटेज तथा अन्य प्राविधिक प्रमाणका आधारमा चोरीमा संलग्न व्यक्तिको पहिचान र गाडीको खोजी कार्य तीव्र बनाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्